डडेल्धुरा कांग्रेसका निवर्तमान सभापति मल्ल पार्टीबाट निष्कासित
बैशाख १३, २०७९धनगढी- नेपाली कांग्रेस डडेल्धुराले निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ललाई कारबाही गरेको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै मल्ललाई पार्टीको सदस्यसमेत नरहने गरी हटाइएको जानकारी गराएका हुन्। मल्लले पार्टीको विधान विपरीत कार्य गरेको भन्दै सदस्यसमेत नरहने गरी हटाइएको कांग्रेसले जनाएको छ।
सबै पढ्नुहोस