×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आरजुलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति त के, छलफल पनि भएको छैनः प्रचण्ड

आरजुलाई प्रधानमन्त्री बनाउने विषयमा सहमति त के, छलफल पनि भएको छैनः प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पत्नी आरजु देउवालाई प्रधानमन्त्री बनाउने विषयमा कुनै छलफल नभएको बताएका छन्।

शनिबार जनकपुरमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्री पत्नी आरजु देउवालाई प्रधानमन्त्री बनाउने विषयमा छलफल वा सहमति भएको भन्ने कुराको खण्डन गरे।

उनले त्यस विषयमा छलफल वा सहमति केही नभएको बताए। उनले दिल्ली भ्रमणको क्रममा आरजुसँग दुतावासमा ब्रेकफास्ट मात्रै भएको बताए।

त्यसबारे उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई प्रधानमन्त्री बनाउने विषयमा सहमति त के, छलफल समेत भएको छैन। त्यस विषयमा आएका समाचार तथा टिकाटिप्पणी हावा हुन्। भ्रम फैलाउने अपराधिक हल्ला हो। त्यसमा सत्यता हो। दुतावासमा उहाँसँग ब्रेकफास्ट खानेबेला मात्रै भेट भएको हो। अन्य कुराहरु वाहियात र प्रचारवाजी हुन्। त्यसबाट सचेत हुनुपर्छ।’

उनले समाजवादी केन्द्र निर्माणबारे केही दिनमै निर्णय हुने बताए। उनले गठबन्धनमा रहेका वामपन्थी समूहसँग छलफल भइरहेको र हाल वामदेव गौतम पनि छलफलमा मिसिएको बताए। उनले गठबन्धनमा रहेका वामपन्थी पार्टीबीच चुनावी मोर्चा वा पार्टी एकताका लागि संयोजन समिति बन्न सक्ने र त्यसबारे केही दिनमा निर्णयमा पुग्ने बताए।

उनले संसदबाट शुक्रबार पारित नागरिकता विधेयकको समाचार जनकपुर पुगेर सुनाउन पाएकोमा खुसी व्यक्त गरे।

प्रतिकृया दिनुहोस्