×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

रोहित शर्मा बने भारतीय टी-ट्वेन्टी टिमको कप्तान, विराट टोलीमा परेनन्

रोहित शर्मा बने भारतीय टी-ट्वेन्टी टिमको कप्तान, विराट टोलीमा परेनन्

काठमाडौँ- भारतले न्यूजील्याण्डविरुद्धको घरेलु टी-ट्वेन्टी सिरिजका लागि रोहित शर्माको कप्तानीमा टिमको घोषणा गरेको छ । विराट कोहलीले टी-ट्वेन्टीको कप्तानी छोडेपछि रोहित शर्मालाई नयाँ कप्तानी बनाउँदै युवा खेलाडीलाई समावेश गरिएको हो । कोहली न्युजिल्यान्डसँगको टोलीमै छैनन् । उनलाई विश्राम दिएको बुझिएको छ । भारतीय टी-ट्वेन्टी टिममा आइपिएलमा उत्कृष्ट प्रदर्शन गरेका वेंकटेश अय्यर, आवेश खान र हर्षल पटेलले टिममा स्थान बनाएका छन् ।

टिमको उप कप्तान केएल राहुललाई बनाइएको छ । त्यस्तै टिममा युजवेन्द्र चहलले कमब्याक गरेका छन् । न्यूजील्याण्डविरुद्ध भारतले १७, १९ र २१ नोभेम्बरमा टी-२० खेल खेल्दै छ ।

भारतीय टिम: रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), ऋतुराज गायकवाड, श्रेयस अय्यर, सूर्यकुमार यादव, वेंकटेश  अय्यर, अक्षर पटेल, ऋषव पन्त, इशान किशन, हर्षल पटेल, आवेश खान, युजवेन्द्र चहल, आरआश्विन, भुवनेश्वर कुमार, दीपक चहर, मोहमद सिराज ।

 

प्रतिकृया दिनुहोस्