×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको पद धरापमा

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको पद धरापमा

काठमाडौं- सत्तारुढ दलहरुको मन्त्रालय भागबन्डाको पछिल्लो सहमतिले स्वास्थ्यराज्यमन्त्री उमेश श्रोष्ठको पद धरापमा परेको छ । स्वास्थ्य मन्त्रालय नेकपा (एकिकृत समाजवादी)को भागमा परेपछि नेपाली कांग्रेसको तर्फबाट राज्यमन्त्री बनेका श्रेष्ठको पद धरापमा परेको हो ।

एकिकृत समाजवादीले स्वास्थ्य मन्त्रालयको नेतृत्वमा रामकुमारी झाँक्रीलाई पठाउने भएको छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा तथा बरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बिवादकाबीच पार्टीबाट मन्त्री बन्नेहरुको नाम पक्का गरि सकिएकाले श्रेष्ठले अन्य मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना समेत कम रहेको बताइएको छ । श्रेष्ठलाई राज्यमन्त्री बनाउदा नै व्यापारीलाई मन्त्रालयको जिम्मेवारी दिएको भन्दै प्रधानमन्त्री देउवाको आलोचना भएको थियो । देउवाकै रोजाईमा श्रेष्ठ राज्यमन्त्री बने पनि यस अवधिमा स्वास्थ्यमन्त्री नियुक्त नहुदा उक्त मन्त्रालयको नेतृत्व नै श्रेष्ठले गर्दै आएका थिए ।

प्रतिकृया दिनुहोस्