काठमाडौं- नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाउन भन्दै बसेको स्थायी कमिटी बैठक निष्कर्ष विहीन भएको छ । शुक्रवार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिने भनिए पनि असफल भएको हो ।
बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन बाँकी रहेको बताए । शनिवार दिउँसो १ बजे पुनः बैठक बसेर यस विषयलाई टुंग्याइने उनको भनाइ छ ।
आजको बैठकमा बोल्ने अधिकांश स्थायी कमिटी सदस्यले पदाधिकारी टुंग्याएर चुनावमा जानुपर्ने धारणा राखेका थिए । स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले पदाधिकारी टुंग्याएर चुनावमा जानुपर्ने विषयमा बैठक नेताहरु एकमत रहेको बताए ।