×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रावलको राजीनामा फिर्ता गराउन डेलिगेसन

रावलको राजीनामा फिर्ता गराउन डेलिगेसन

काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेपछि सुदूरपश्चिमका एमाले नेताहरू काठमाडौं आएका छन्। उनीहरू रावलको राजीनामा फिर्ता गराउन र माधव नेपाल समूह नछाड्न दबाब दिन काठमाडौं आएका हुन्।

सुदूरपश्चिमका केन्द्रीय सदस्य, प्रदेश सांसद र प्रदेशका मन्त्रीसहितको १७ जनाको टोली यति बेला काठमाडौंमा छन्। मंगलबार साँझ उनीहरूले नेता रावललाई भेटेका छन्। 

बुधबार बिहान नेता नेपालसँग भेट्ने तयारी छ। मन्त्री प्रकाशबहादुर शाह, दीर्घराज सोडारीसहितका नेताहरू काठमाडौं आएका हुन्। रावलले शेरबहादुर देउवालाई विश्वासको मत दिने नेता नेपालको निर्णयमा असहमति जनाउँदै आइतबार प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका थिए।  यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्