×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बेलायती महारानीको 'हत्या प्रयास' को भिडियो, अनुसन्धान जारी

बेलायती महारानीको 'हत्या प्रयास' को भिडियो, अनुसन्धान जारी

काठमाडौं - क्रिसमसमा विंडसर क्यासलमा एक व्यक्ति धनुष तीर जस्तो हतियारसहित पाइएको बारेको एक भिडियोको जाँच प्रहरीले गरिरहेको छ ।  यो भिडियो द सन पत्रिकाले फेला पारेको थियो जसमा हुडी लगाएका एक व्यक्तिले मास्क लगाएका थिए र उनको हातमा धनुष तीर जस्तो केही चिज थियो ।  भिडियोमा उसले क्यामेराबाट विमुख भएर आफ्नो उद्देश्य महारानीको हत्या गरेर बदला लिने भएको बताएको थियो । 
प्रहरीले साउथह्यामटनका १९ वर्षका एक व्यक्तिलाई पक्राउ गरेपछि भिडियो सामाग्रीको जाँच गरिरहेको बीबीसीले उल्लेख गरेको छ । तर प्रहरी प्रवक्ताले भने भिडियोमा देखिएका व्यक्तिका बारेमा भन्न इन्कार गरे । 
बकिंघम प्यालेसले पनि यसबारे कुनै पनि टिप्पणी गर्न इन्कार गरेको छ । १९ वर्षीय सन्दिग्धमाथि मानसिक स्वास्थ्य कानुन अन्तर्गत मुद्दा दर्ता गरिएको जनाइएको छ । महारानी एलिजाबेथ द्वितीय क्रिसमसमा विंडसर क्यासलमा थिइन्  उनी दिउँसोको खान खाने कार्यक्रममा सहभागी हुनु थियो ।

प्रतिकृया दिनुहोस्