हेटौंडा - बागमती प्रदेशकाे प्रदेशसभा बैठक सुरू भएकाे छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन प्रदेशसभा बैठक शुरु भएको हाे । दिउँसो १ बजे बोलाएर ३ बजेका लागि सारिएको बैठक सवा ४ बजे शुरु भएको हो ।
सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री शाक्यलाई प्रदेशसभामा विश्वासको मत माग्न समय दिएका छन् । अहिले मुख्यमन्त्री शाक्यले सम्बोधन गरिरहेकी छिन् ।