काठमाडौं- सत्ता गठबन्धनको बैठक आज (सोमबार) बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे बैठकमा आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएर फिर्ता नगर्नेहरुबारे छलफल गरिने नेताहरुले बताएका छन् । सत्ता गठबन्धनमा रहेका दलहरुले यस्ता बागीहरुलाई छानविन गरी कारबाही गर्ने तयारी गरेको छ ।
नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालका अनुसार बागी उम्मेदवारी दिएकाहरुलाई फिर्ता गर्न निर्देशन दिइए पनि कतिपयले फिर्ता नलिएकाले उनीहरुलाई कस्तो कारबाही गर्ने भन्नेबारे छलफल हुनेछ । त्यस्तै गठबन्धनका शीर्ष नेताले गठबन्धनको औचित्य, आवश्यक्ता तथा गठबन्धनलाई मत दिनुपर्नाको कारणबारे खुलाउँदै अपिल जारी पनि जारी गर्ने भएका हुन् ।