काठमाडौं - चर्चित अभिनेत्री मनीषा कोइरालाले आसन्न प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा प्रचार गर्ने भएकी छिन्।
राजतन्त्रको पक्षमा उभिँदै आएकी मनीषाले एक ट्विटै गर्दै निर्वाचनमा राप्रपाको प्रचारमा सहभागी हुन व्यस्त कार्य तालिका भए पनि केही समय निकालेर राप्रपाको पक्षमा भोट माग्न घर फर्कने उल्लेख गरेकी छिन्।
उनले ट्विटमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई युवा, गतिशील र ऊर्जावान् भन्दै नेपालमा राजतन्त्र आवश्यक रहेको तर्क समेत गरेकी छिन्।
आफूलाई नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालाबाट प्रेरित रहेको दाबी गर्ने उनले प्रगतिशील राजनीतिको नाममा साम्प्रदायिक असमानता र परम्परागत तथा राष्ट्रवादी शक्तिहरूको बहिष्कारले देशको सामाजिक र राजनीतिक संरचनामा ठुलो क्षति पुर्याएको दाबी गरेकी छिन्।
I m taking some time off my busy schedule n heading home to participate in election campaign in favour of the Rashtriya Prajatantra Party that has got a Young, dynamic and visionary leader Rajendra Lingden. His understanding of nationalism n country’s historic and cultural
— Manisha Koirala (@mkoirala) November 10, 2022