काठमाडौं- लोकप्रिय गायिका, अभिनेत्री, निर्देशक तथा टीकटक स्टार सिम्पल खरेलको सुमधुर स्वरमा सजिएको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘जहाँ तिमी अनि म’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको यस गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ भने संगीत लोकप्रिय संगीतकार टिका दाहालको रहेको छ।
यस गीतलाई राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा स्वयम् गायिका खरेल फिचर्ड छिन्। भिडियोमा हरि हुमागाईको छायाँकन र सम्पादन रहेको छ। गायिका खरेलको निर्देशनमा भिडियो तयार पारिएको हो।