काठमाडौँ- एमाले सचिव गोकर्ण बिष्टले सत्ता गठबन्धनले एमालेसँग तर्सिएर निर्वाचन सार्न खोजेको आरोप लगाएका छन् । विष्टले सरकार संविधान र कानूनको अपव्याख्या गर्दै स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा लागेको पनि बताए । उनले लोकतान्त्रिक अभ्यासबाट नभाग्न पनि आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘आगामी स्थानीय तहको निर्वाचनमा प्राप्त हुन सक्ने परिणामबाट तर्सिएर चुनाव नै सार्न जालझेल रच्ने पार्टीहरूबाट संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन सक्दैन । लोकतान्त्रिक अभ्यासबाट नभाग । संविधानको कार्यान्वयन गर । अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर ।’
निर्वाचन आयोगले ताकेता गर्दा पनि सरकारले चुनावको मिति घोषणा गरेको छैन । स्थानीय तह निर्वाचन ऐन संशोधनको तयारी गरिएको छ ।