×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर- मोरङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । लेटाङ नगरपालिका-९ मा आज बिहान मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको हो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ८ प १९२६ नम्बरको मोटरसाइकलले सोही ठाउँकी ५० वर्षीया अम्बिका ढकाललाई ठक्कर दिएको हो ।

घाइते भएकी ढकालको उपचारको क्रममा विराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

प्रतिकृया दिनुहोस्