काठमाडौं - नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले ‘गो ब्याक इन्डिया’भन्दै काठमाडौंमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन । सोमबार साँझ काठमाडौंको अमृत साइन्स क्याम्पस अघि अनेरास्ववियुले जुलुशसहित मोदीको पुत्ला जलाएको हो ।
पुत्ला दोहनपछिको कोणसभामा काठमाडौंमा क्याम्पस जिल्ला सह इन्जार्ज समेत रहेका अनेरास्ववियुका नेता कमल जोशीले संबोधन गरेका थिए ।
उनले देशको सीमा मिचिदाँ पनि चुँ पनि नबोल्ने परमादेशी गठबन्धनको सरकार नेपाली जनताका लागि आवश्यक नरहेको बताए । भोलिको दिनमा अनेरास्ववियुले बिरोध प्रदर्शन थप कडा बनाउने बताउँदै लिपुलेक र कालापानी नेपाली भूमि भएकाले त्यसमा आँखा नगाड्न चेतावनी समेत उनले दिए ।