×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ/वाणिज्य

सुनको मूल्य पाँच सयले घट्यो,हेर्नुस कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य पाँच सयले घट्यो,हेर्नुस कतिमा हुँदैछ कारोबार ?

 

काठमाडौँ -लगातार दुई दिन बढेको सुनचाँदीमा गिरावट आएको छ । असोज ७ गते, बिहीबार सुन तोलामा ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन पनि प्रतितोला ८९ हजार १५० रुपैयाँ तोकिएको छ । बुधबार भने सुन तोलामा ९०० रुपैयाँले उकालो लागेर प्रतितोला ९० हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
बिहीबार चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार १५५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन भने चाँदीको मूल्य २५ रुपैयाँले बढेर प्रतितोला एक हजार १६५ रुपैयाँ तोकिएको थियो ।

प्रतिकृया दिनुहोस्