×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बल्लबल्ल सारियो, बालुुवामा अड्किएको पानीजहाज

बल्लबल्ल सारियो, बालुुवामा अड्किएको पानीजहाज

काठमाडौं - सूइज नहरमा गत मङ्गलवारदेखि अड्किएको विशाल पानीजहाजलाई सारिएको छ। सोमवार सामाजिक सञ्जालमा प्रेषित भिडिओमा ‘एभर गिभन’ नामक उक्त जहाजको पृष्ठभागलाई नहरको किनारातिर तानिएको र अवरुद्ध मार्ग खुलाइएको जनाईएको छ ।

पानीजहाज कम्पनी इन्चकेपले पनि उक्त पानीजहाज अड्किएको स्थानबाट हटाइएको जनाएको छ।एभरग्रीन कम्पनीको स्वामित्वमा रहेको उक्त पानीजहाजलाई हटाएर जलमार्ग खुलाउन टगबोट र ड्रेजरहरू प्रयोग गरिएको थियो। उक्त ट्राफिक जामलाई सबैभन्दा महँगो ट्राफिक जाम मानिएको छ ।

इजिप्टको स्वामित्वमा रहेको उक्त जलमार्ग १९३ किलोमिटर लामो छ। (एजेन्सी)

प्रतिकृया दिनुहोस्