×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘बिग्रेका कम्युनिस्ट र सडेका अण्डा उस्तै हुन्’

‘बिग्रेका कम्युनिस्ट र सडेका अण्डा उस्तै हुन्’

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिग्रेका कम्युनिस्ट र सडेका अण्डा उस्तै हुने बताएका छन्। नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्टहरू बिग्रिए संसारकै सबैभन्दा काम नलाग्नेमा परिणत हुने बताए।

कम्युनिस्टहरू राम्रा हुन्छन्। वैज्ञानिक हुन्छन्। धैर्यतापूर्वक विश्लेषण गर्छन्। तर बिग्रेपछि कम्युनिष्टजति खराब कोही पनि हुँदैन। अण्डा लाभदायी हुन्छ तर सड्यो भने त्यो जति गन्धा केही पनि हुँदैन। कम्युनिस्ट बिग्रिए त्यस्तै हुन्छन्’, उनले भने। प्रचण्डले संविधान र समाजवादलाई सफल बनाउन वाम गठबन्धन र पार्टी एकता गरे पनि सबै प्रयास केपी शर्मा ओलीका कारण बरबाद भएको बताए।

‘कम्युनिस्टहरू राम्रा हुन्छन् भनेर एकता गरेको त आफ्ना सहयोद्धालाई देखि नसहने, बैठक, छलफल बहस गर्नै नपर्ने। भ्रष्टाचारको पराकाष्ठा केपीजीकै पालामा भयो’, प्रचण्डले भने। मुलुकको अर्थतन्त्रमा देखिएका असरको जिम्मेवार ओली नेतृत्वको अघिल्लो सरकार भएको आरोप पनि उनले लगाए। शोधनान्तर घाटाको आजको स्थिति ओली र तत्कालीन अर्थमन्त्री युवराज खतिवडाका कारण सिर्जित भएको बताए।

प्रतिकृया दिनुहोस्