×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितता छानबिनको माग गर्दै अख्तियारमा उजुरी

इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितता छानबिनको माग गर्दै अख्तियारमा उजुरी

काठमाडौं- इम्बोस्ड नम्बर प्लेटमा आर्थिक चलखेल भएको भन्दै नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको छ।

अध्यक्ष किरण पौडेल नेतृत्वको युवा संघको टोलीले इम्बोस्ड नम्बर प्लेटमा भएको अनियमितता छानबिनको माग गर्दै आज अख्तियारमा उजुरी दर्ता गराएको हो।

युवा संघले विश्व बैंकले कालोसूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर प्लेटको ठेक्का दिइएको भन्दै इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपी नराख्नुपर्ने कारण, एक महिनाभित्रै इम्बोस्ड जडान गर्नुपर्ने किन र जनतामाथि अस्वाभाविक महँगी र दबाब किन दिइएको भन्दै अख्तियारको ध्यानाकर्षण गराएको छ।

युवा संघले हिजो यातायात विभागअगाडि प्रदर्शन गर्दै इम्बोस्ड नम्बरमा प्रधानमन्त्रीको परिवारकै मिलेमतोमा नीतिगत भ्रष्टाचार भएको आरोप लगाएको थियो।

प्रतिकृया दिनुहोस्