काठमाडौं-नवलपरासीको रामग्राममा देवरले भाउजूको वीभत्स हत्या गरेका छन् । भाउजूले दाजुलाई अनावश्यक कुरा लगाएको भन्दै उनले भाउजूको हत्या गरेको प्रहरीसँगको प्रारम्भिक बयानमा बताएका छन् ।
रामग्राम नगरपालिका–१० मंझरियाका २७ वर्षीय चन्दन चौधरीले २६ वर्षीया भाउजू मिरा चौधरीको गए राति हत्या गरेका हुन् । हत्या गर्ने चन्दनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।
नवलपरासी प्रहरीका अनुसार दुई भाइमध्येका चन्दन कान्छा हुन् । जेठा दाइ रोजगारीका शिलशिलामा विदेशमा छन् ।
चौधरीका बाबुले २ कठ्ठा जग्गा बेचेर दाजुको विवाह गराई दिएका थिए । त्यसयता बाबुसँग चन्दन झगडा गर्दै आएका थिए । उनले आफ्नो पनि विवाह गरीदिन दबाब दिएको प्रहरीको भनाइ छ ।