×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

किन स्वीकारेनन् भुवन के.सीले आँचलको प्रस्ताव

किन स्वीकारेनन् भुवन के.सीले आँचलको प्रस्ताव

काठमाडौं- नायिका आँचल शर्मा आफ्नो करिअरका लागि हिट फिल्मको खोजीमा छिन्। हुन त ठूलो ब्यानरको चलचित्रबाट पर्दामा उदाएकी आँचलले अभिनय गरेका केहि फिल्म हिट पनि भए। तर फिल्म हिट भएपनि खासै अभिनयको तारिफ नपाएकी आँचल एकपटक आफैँ हिट हुने दौडमा छिन् । फिल्ममा हिट नभएपनि विविध कारणले फिल्म उद्योगमा उनको चर्चा भने भइरहन्छ। उनै आँचल ‘वर एण्ड वधु’मा अनुबन्धित भएकी छिन्।

यो फिल्म मार्फत करियरलाई बलियो बनाउने दाउमा रहेकी आँचल यो फिल्ममा अनमोल केसीसँग जोडी बाँध्ने दाउमा थिइन। त्यसैले आँचल अनमोललाई फिल्ममा खेल्ने अफर लिएर भुवन केसी समक्ष पुगिन्।

तर, भुवनले अनमोलले ‘वर एण्ड वधु’मा काम गर्ने नगर्ने विषयमा निचोडको जवाफ दिएनन्। बरु उनले आँचललाई आफ्नो होम प्रोडक्सनको ब्यानर द सुपर काजल फिल्मस् मार्फत निर्माण गर्न लागेको फिल्म लगानी अनुरोध गरे।।

भुवनले ‘पारस’मा लगानी गर्न भनेपनि आँचलको मन भरिएन। उनी अनमोलसँग काम गरेर उद्योगमा हिट फिल्म दिने सोचमा थिइन्।
आँचलको शीर्ष भूमिका रहने ‘वर एण्ड वधु’को छायांकन रोमानियाबाट सुरु हुनेछ। फिल्मका लागि निर्देशक मिलन चाम्ससहितको टोली रोमानिया पुगिसकेको छ।

प्रतिकृया दिनुहोस्