×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

टी-२० आइ क्रिकेट: नेपाललाई युएईको १४१ रनको लक्ष्य

टी-२० आइ क्रिकेट: नेपाललाई युएईको १४१ रनको लक्ष्य

काठमाडौं- मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलाको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) बाट जितका लागि एक सय ४१ रनको लक्ष्य पाएको छ ।


टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४० रन बनाएको थियो । युएईका लागि सर्वाधिक रन बसिल अहम्मदले बनाए । उनले ३८ बलमा एक चौका र तीन छक्काको मद्दतले ५१ रनको अधएसतकिय पारी खेले ।

युएईले पहिलो चार विकेट ५२ रन जोड्दा गुमाएको थियो । युएईले आफ्नो स्कोर १ रन हुँदा खालिद शाहलाई पहिलो ओभरको अन्तिम बलमाक गुमाएको थियो । दोस्रो विकेटको रुपमा टोलीको स्कोर १२ रन हुँदा ६ रन बनाएको आलिसान साफारुलाई गुमायो । त्यस्तै कप्तान मोहम्मद वसिम १७ रन बनाउँदै आउट भए । आसिफ साहले १५ रनको योगदान गरे ।

त्यसपछि युएईको पारी बसिल अहम्मद र अलि नासरले सम्हालेका थिए । यी दुईले ५६ रनको साझेदारी गरे । अलि नासर ३२ रन बनाउँदै १६.१ ओभरमा पेभिलियन फर्किए । त्यस आएका मोहम्मद फराजुद्धिनले खाता नै खोल्न सकेनन् । सन्चित शर्मा दुई तथा निलान्स केस्वानी चार रनमा अविजित रहे ।

नेपालका लागि करण केसीले सर्वाधिक तीन तथा गुल्शन झाले दुई विकेट लिए । अभिनास बोहरा र सोमपाल कामीको नाममा एक एक विकेट रह्यो । करणले चार ओभर बलिङ गर्दा १९ रन खर्चेर तीन विकेट लिए । त्यस्तै गुल्शनले तीन ओभर बलिङ गर्दा ११ रन खर्चेर दुई विकेट लिएका छन् ।  

प्रतिकृया दिनुहोस्