×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नामिबियासँग भिड्दै नेपाल

नामिबियासँग भिड्दै नेपाल

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत तीन देशीय त्रिकोणात्मक एक दिवसीय शृंखलामा नेपालले सोमबार नामिबियासँग खेल्दैछ ।

आइतबारदेखि स्कटल्याण्डमा सुरु भएको नेपाल, स्कटल्याण्ड र नामिबिया सम्मिलित लिग टु मा सिरिजको पहिलो खेल नामिबियासँग खेल्न लागेको हो । यस्तै, एक दिवसीय मान्यता पाएपछि पनि नेपालको नामिबियासँग यो पहिलो खेल हो । नेपाल र नामिबियाबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

लिग टु मा नेपाल र नामिबियाबीच एक अंकको मात्र अन्तर छ । नेपाल १६ खेलबाट १५ अंकसहित पाँचौ स्थानमा छ । १५ खेलबाट १४ अंकसहित नामिबिया छैटौं स्थानमा छ । 

 

नेपाल नामिबियालाई हराउँदै सिरिजमा सुखद् सुरुआत गर्ने दाउमा छ । तर, नामिबियालाई हराउन नेपाललाई सहज भने हुने छैन । नामिबिया पनि नेपाललाई हराएर सिरिजमा पहिलो जित निकाल्न चाहन्छ । सिरिजको पहिलो खेलमा नामिबिया स्कटल्याण्डसँग पराजित भएको थियो ।

सिरिज अघि नेपालले तयारीका लागि क्यानडाको भ्रमण गरेको थियो। क्यानडामा नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्दा स्थानीय टोलीसँग दुई अभ्यास खेल खेलेको थियो ।

सिरिज अन्तर्गत नै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेलमा स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्ने तालिका रहेको छ ।

प्रतिकृया दिनुहोस्