×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कैलालीमा युवकको बीभत्स हत्या

कैलालीमा युवकको बीभत्स हत्या

धनगढी- कैलालीमा भूपेन्द्र बडुवालको हत्या भएको घटना सेलाउन नपाउँदै फेरि अर्का एक युवकको बीभत्स हत्या भएको छ । जिल्लाको जानकी गाउँपालिका-९ का २५ वर्षीय अरुण दासको सोही ठाउँको अमरावती सामुदायिक वनमा घाँटी रेटेर विभत्स हत्या भएको अवस्थामा शव भेटिएको हो ।

शनिबार बेलुका युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बताए । ‘परिवारबाट प्राप्त जानकारी अनुसार युवक शुक्रबार बेलुका साथीसंग जान्छु भनेर घरबाट निस्केका थिए,’ डीएसपी जोशीले भने, । घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर प्रयोग गरेर अनुसन्धान भइरहेको छ ।’

उनका अनुसार घटनाको अनुुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विश्व अधिकारीसहितको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ । घटनास्थल हेर्दा शुरुमा उनलाई रुखमा बाँधेर नग्न बनाई घाँटी रेटर हत्या गरेको देखिएको डीएसपी जोशीले बताए । उनले घटनाका बारेमा केही क्लुलसमेत भेटिएको र सोही अनुसार अनुसन्धान भइरहेको बताए ।

यसअघि कात्तिक २३ गते लम्कीका युवक बडुवालको टीकापुरमा हत्या भएको थियो । उक्त घटनामा पनि अनुसन्धान भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस्