×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रामेछापमा युनियन र संगठनको संयुक्त प्यानलनै बिजयी, चाैतारीका उम्मेद्वारलाई जम्मा एक मत

रामेछापमा युनियन र संगठनको संयुक्त प्यानलनै बिजयी, चाैतारीका उम्मेद्वारलाई जम्मा एक मत

रामेछाप । रामेछापमा नेपाल पत्रकार महासंघको निर्वाचनमा संयुक्त प्यानलका उम्मेद्वर बद्री नयाँघरे बिजयी भएका छन् । बुधबार भएको निर्वाचन मार्फत नयाँघरेले प्रतिद्वन्दी स्वतन्त्र उम्मेद्वार सुमित श्रेष्ठ र  प्रेस चौतारीका सौजन्य सत्याललाई हराउदै नयाँघरे बिजयी भएका हुन् । उनले ६ मतले स्वतन्त्र उम्मेद्वार दिएका श्रेष्ठलाई हराएका हुन् । कूल खसेको ७३ मत मध्ये नयाँघरेले ३९ र श्रेष्ठले ३३ मत पाएका छन् । भने चौतारीका उम्मेद्वार सत्यालले १ मत पाएका छन् । जिल्लामा तीन जनाको उम्मेद्वार परेको थियो ।

नेपाल प्रेस युनियन र प्रेस संगठनको संयुक्त प्यानलबाट नयाँघरेको नेत्रित्वमा प्यानलनै बिजयी भएको हो । त्यस्तै उपाध्यक्षमा प्रेस युनियन र प्रेस संगठनको संयुक्त प्यानलका कैलाश खत्री ४४ मत प्राप्त गर्दै बिजयी भएका छन् । उनका प्रतिद्वन्दी चौतारीका युनिक बिफा घिसिङ्ले २८ मत प्राप्त गरेका छन् । त्यस्तै महिला उपाध्यक्षमा रिता कुमारी मगर ४१ मत पाउदै बिजयी भएकी छन् । उनकी प्रतिद्वन्दी शान्त श्रेष्ठले ३२ मत पाएकी छिन् ।

त्यस्तै सचिवमा तुलसीदेवी श्रेष्ठ  ४२ मत पाउदै बिजयी भएकी छन् । उनका प्रतिद्वन्दी नवराज श्रेष्ठले २७ मत प्राप्त गरेका छन् । त्यस्तै सह-सचिव खुल्लामा रामचन्द्र बिक ४६ मत पाउदै विजयी भएका छन् । उनका प्रतिद्वन्दी डोर बहादुर बरुवालले २७ मत पाएका छन् । त्यस्तै सह-सचिव समावेशीमा सम्बर बहादुर हायु ४७ मत पाउदै बिजयी भएका छन् । उनका प्रतिद्वन्दी दिपक तामाङ्ले २६ मत पाएका छन् ।

त्यस्तै कोषध्यक्षमा युवराज श्रेष्ठले ४९ मत ल्याउदै बिजयी भएका छन् । उनका प्रतिद्वन्दी लेख बहादुर बिकले २३ मत पाएका छन् । त्यस्तै दलित सदस्यमा मिलन बिक (घिमिरे) ४७ मत पाउदै बिजयी भएका छन् । उनका प्रतिद्न्दी बिन्दीरा रसाईलीले २५ मत पाएकी छन् । त्यस्तै महिला सदस्यमा निरु थापा ४८ मत पाउदै बिजयी भएकी छन् । उनकी प्रतिद्न्दी निशा कार्कीले २५ मत पाएकी छन् ।

त्यस्तै सदस्यहरुमा अनिता थापा मगर, निरोज श्रेष्ठ, राजन महतारा क्षेत्री, कुमार श्रेष्ठ, सरोज सुबदी बिजयी भएका छन्। त्यस्तै टिका भट्ट, हिमाल ढुङ्गेल र दिपक भट्ट राष्ट्रिय सभा सदस्यमा बिजयी भएका छन् ।  त्यस्तै अप्रिल अधिकारी, मञ्जु उप्रेती (अधिकारी), दिपक घिमिरे, सन्तोष ढुङ्गेल र उमंग मैनाली प्रदेश सभा सदस्यमा बिजयी भएका छन् ।बुधबार भएको निर्वाचनमा जिल्लामा सबै पदको लागि मतादान भएको हो । जिल्लामा कूल ७७ मत् मध्ये ७३ मत् खसेको थियो ।

प्रतिकृया दिनुहोस्