×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

वाराही हाइड्रोपावरको आइपिओ सूचीकृत

वाराही हाइड्रोपावरको आइपिओ सूचीकृत

काठमाडौँ- सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा वाराही हाइड्रोपावरको आइपिओ सूचीकृत भएको छ। कम्पनीले पहिलो कारोबारको लागि न्यूनतम ६४ रुपैयाँ ९७ पैसादेखि अधिकतम १९४ रुपैयाँ ९१ पैसाको मूल्य रेन्ज पाएको छ।

नेप्सेले कम्पनीहरूलाई पहिलो कारोबारको लागि उनीहरूको नेटवर्कको तीन गुणासम्म मूल्य रेन्ज दिने गर्छ। कम्पनीको कारोबारको लागि सङ्केत ‘बिएचपिएल’ रहेको छ।

सोही सङ्केतमा सूचीकरण भएको उक्त सेयर मङ्गलवारदेखि कारोबारमा आउनेछ। कम्पनीको २५ लाख कित्ता सेयर नेप्सेमा आज (सोमबार) सूचीकृत भएको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूमा वितरण गरेको १ लाख ४६ हजार कित्ता, सर्वसाधारण सेयर धनीहरूमा वितरण गरिएको ५ लाख ५४ हजार कित्ता र कम्पनीका संस्थापकहरूले लगानी गरेको १८ लाख कित्ता समेत गरी उक्त संख्यामा सेयर सूचीकृत गरेको हो। कम्पनीले सूचीकरण पश्चात् दिनुपर्ने आरटिएस सेवा मुक्तिनाथ क्यापिटल नक्साल, काठमाडौँबाट हुने समेत जनाएको छ।

प्रतिकृया दिनुहोस्