×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

संसदीय समितिको बैठकमा गएनन् प्रधानमन्त्री शेरबहादुर देउवा

संसदीय समितिको बैठकमा गएनन् प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा आजको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा अनुपस्थित भएका छन् । प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमण,एसपीपी विवाद लगायतका विषयमा जानकारी लिन यसअघि नै संसदीय समितिले पत्राचार गरेकोमा प्रधानमन्त्रीले आफूलाई जानकारी नै नभएको जवाफ पठाएका छन् ।

प्रधानमन्त्रीको जवाफ सुन्न विहान समयमै बैठक कक्षमा पुगेका सांसदहरूलाई समितिका सभापति पवित्रा निरौलाले प्रधानमन्त्रीको तर्फबाट आफूहरू धनगढीमा रहेको र पत्र नै प्राप्त नभएको जवाफ आएको जानकारी दिएकी थिइन् ।

यसअघि बजेट बारे प्रधानमन्त्रीले सम्हालेका मन्त्रालयमा उठेका प्रश्नको जवाफ दिन प्रतिनिधिसभाको बैठकमा उपस्थित हुने कार्यसूची रहँदा पनि प्रधानमन्त्री देउवा अनुपस्थित रहेका थिए ।

प्रतिकृया दिनुहोस्