पोखरा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई नफ्ट्ने तबला उपहार दिएको बताएका छन् ।
पोखरामा जारी लिटरेचर फेस्टिबलमा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा पत्रकार अखण्ड भण्डारीले ‘र्याप गायकलाई तबला किन उपहार दिनु भएको ?’ भनेर प्रश्न सोधेपछि उनले यस्तो यस्तो बताएका हुन् ।
राजनीति बाहिरका कुराकानी गर्न बोलाइइएका ओलीले माटोको तबला फुट्ने भएकोले आफूले धातुले बनेको तबला उपहार दिएको बताए । ओलीले भने– ‘मलाई के जानकारी थियो भने, बालेन शाह अर्थात बालेन्द्र शाह काठमाडौँका गएको स्थानीय निर्वाचनबाट निर्वाचित प्रमुख, उहाँ तबला बजाउने गर्नुहुन्छ । तर, उहाँको माटोको तबला थियो, ठाउँ सार्दा फुट्यो ।
उहाँसँग तबला थिएन, मसँग मेटल तबला थियो, सार्दा पनि नफुट्ने खालको थियो । त्यसो भएर मैले अलिक बलियो, राम्रो क्वालिटीको तबला, यो लगेर ठाउँ सार्दावर्दा तबला फुट्दैन है भनेर गिफ्ट दिएँ ।’