×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कांग्रेस पदाधिकारी बैठक जारी

कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौँ- नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पदाधिकारी बैठक जारी छ ।

बैठकमा सभामुखमा उम्मेदवारीबारे निर्णय हुने संसदीय दलका मुख्य सचेतक रमेश लेखकको भनाइ छ । सर्वदलीय बैठकमा सभामुखबारे कुनै सहमति नभएकाले कांग्रेसले पनि उम्मेदवारी दिने सम्भावना छ ।

प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ५ गते बिहान ११ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एकजना महिला र फरक दलको हुनुपर्नेछ ।

प्रतिकृया दिनुहोस्