×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ढोरपाटनका मेयर नेपालीलाई एमालेले गर्‍याे निलम्बन

ढोरपाटनका मेयर नेपालीलाई एमालेले गर्‍याे निलम्बन

बाग्लुङ्ग - नेकपा एमालेले फरार ढोरपाटन नगरपालिका बाग्लुङ्गका मेयर देवकुमार नेपालीलाई निलम्बन गरेको छ ।
नेपालीलाई एमाले गण्डकी प्रदेश कमिटीको जेठ ९ गते बसेको बैठकले निलम्बन गर्ने निर्णय गरेको हो । उनी एमाले गण्डकी प्रदेश कमिटी सदस्यसमेत थिए ।

घटनाको निरुपण नहुँदासम्मका लागि प्रदेश कमिटी सदस्यबाट निलम्बन गरिएको प्रदेश कमिटी सचिव धनञ्जय दवाडीले जानकारी दिए ।

बचतकर्ताले प्रशासनमा उजुरी दिएको, अध्यक्ष नेपालीलाई अध्यागमन विभागले विदेश यात्रामा रोक लगाएको र छानबिन अगाडि बढाएकाले छानबिन गर्न निलम्बन गरिएको दवाडीको भनाइ छ ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका मेयर नेपाली उपमेयर धनबहादुर कायतलाई कार्यबाहकको पत्र थमाएर सम्पर्कविहीन भएका थिए । उनलाई अध्यागमन विभागले समेत विदेश यात्रामा रोक लगाइसकेको छ ।

गत निर्वाचनमा नेपाली नेकपा एमालेबाट दोस्रो पटक ढोरपाटनको मेयर निर्वाचित भएका थिए ।

प्रतिकृया दिनुहोस्