काठमाडौं-शिक्षाको दिगो विकासका लागि विद्यालय तहमा रहेर शिक्षाको नेतृत्व गर्नेहरूको ज्ञान, सीप र व्यवहारमा परिवर्तन आउनुपर्ने प्याब्सन कपिलवस्तुका अध्यक्ष सुन्दर पाण्डेले बताए । प्याब्सन कपिलवस्तुले आयोजना गरेको नेतृत्व २१ औं शताब्दीकालागि नेतृत्व विकास तालिममा सम्बोधन गर्दै अध्यक्ष पाण्डेले यस्तो बताएका हुन् ।
शिक्षण सिकाइको महत्वपूर्ण पाटो सिकाइ विधि भएको बताउदै हाम्रो सार्वजनिक शिक्षा ‘धावन्ति खेती, घोकन्ति विद्या’ को मान्यताबाट अघि बढ्न नसकेको बताए । उनले अधिकांश कक्षामा भाषण शैलीमा पढाइदै आएको बताउदै विभिन्न क्रियाकलाप, शैक्षिक सामग्रीको प्रयोग, समूहमा सिक्ने वातावरण निर्माण नहुँदासम्म शिक्षाको गुणस्तर उकासन नसकिने जिकिर गरे ।
पाण्डेले एक दिने प्रधानाध्यापकको नेतृत्व विकास तालिमले विद्यालयमा धेरै परिवातन ल्याउनेमा आफु विश्वत रहेको बताउनुभयो। कार्यक्रमका प्रमुख अथिति बुद्धभूमि नगरपालिकाका प्रसासकिय अधिकृत लीलबहादुर राउतले नेपालको शिक्षा विकासमा प्याब्सनले खेलेको भूमिका उच्च रहेको बताए । उनले जिल्लाको शिक्षा क्षेत्रमा एउटा इट्टा थप्न प्याब्सन कपिलवस्तुले अझै मेहेनत गर्नेमा आफु विश्वत रहेको बताए ।
एक दिने नेतृत्व विकास तालिमको सहजीकरण गर्दै प्रितम पौडेलले आफुले सिकेको कुरालाई शिक्षकले आफ्नो विद्यालयममा कार्यन्वयन गर्नमा आफु विश्वस्त रहेको बताए । तालिममा विद्यालयको वातावरण, शिक्षण विधि, विद्यार्थी अभिभावक र शिक्षक विचको सम्बन्ध, संचार प्रविधिका ’boutमा प्रशिक्षण गरिएको थियो । कार्यक्रममा प्याब्सन कपिलवस्तुमा आबद्ध विद्यालयको उपस्थिति रहेको थियो।