×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

०४२ मा चोरेर अमेरिका पुर्‍याइएको मूर्ति ल्याएर प्रतिस्थापन

०४२ मा चोरेर अमेरिका पुर्‍याइएको मूर्ति ल्याएर प्रतिस्थापन

काठमाडौँ- २०४२ सालमा चोरी भएर अमेरिकाको टेक्सस पुर्‍याइएको लक्ष्मी नारायण (वासुदेव कमलाजा)को मूर्तिलाई पहिलेकै मन्दिरमा प्रतिस्थापन गरिएको छ । शनिबार ललितपुरको पट्को टोलमा बाजागाजा र पूजा अर्चनासहित मन्दिरमा प्रतिस्थापन गरिएको हो ।

गएको चैत्र अन्तिम साता लक्ष्मी नारायणको मूर्ति अमेरिकाबाट नेपाल फर्काइएको थियो भने त्यस लगतै  अमेरिकी दूतावासले मूर्ति नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । मूर्ति अमेरिकाको डल्लास म्युजियममा प्रदर्शनमा रहेको पाइएपछि नेपाल फर्काउन पहल गरिएको थियो ।

प्रतिकृया दिनुहोस्