×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मौलिकता र सौन्दर्य जोगाउन हनुमानढोका परिसरभित्र सवारी साधनरोक लगाईयो : मेयर बालेन

मौलिकता र सौन्दर्य जोगाउन हनुमानढोका परिसरभित्र सवारी साधनरोक लगाईयो : मेयर बालेन

काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह(बालेन)ले हनुमानढोका दरबार क्षेत्रको मौलिकता र सौन्दर्यको जगेर्ना गर्न सवारी आवतजावत रोकिएको बताएका छन्। महानगरले केही दिन पहिले विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा सवारी छिर्न नदिने बताएका थियो।

प्रमुख शाहले परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य बनाउन यस्तो गरिएको बताएका छन्। 

‘काठमाडौं मुख्यरूपमा प्राचीन र ऐतिहासिक कालिगढीको उदाहरण हो। काठमाडौंको पहिचान भनेकै यहाँका सम्पदाहरू हुन्। विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसाकिकता अँगाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन्। यही हेर्न, अनुभव गर्न र रमाउन लाखौं पर्यटकहरू आउन सक्छन् ।

 वसन्तपुर हनुमानढोका यसमध्येकै एक हो, जहाँ दिनमा हजारौं पर्यटकहरू आउने र लाखौं आउन सक्ने सम्भावना छ। यिनीहरूको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक छ। यसैले हनुमानढोका परिसरभित्र सवारी साधनहरूलाई निषेध गरिएको छ,’ उनले भनेका छन्।

प्रतिकृया दिनुहोस्