×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

निलम्बित एआईजी वंशीराजलाई बर्खास्त गर्न छानबिन समितिको सिफारिस

निलम्बित एआईजी वंशीराजलाई बर्खास्त गर्न छानबिन समितिको सिफारिस

काठमाडौं - सशस्त्र प्रहरी बल (एपीएफ) का निलम्बित अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गर्न छानबिन समितिले गृह मन्त्रालय मा सिफारिस गरेको छ। सशस्त्र प्रहरीकै अर्का एआईजी अञ्जनीकुमार पोखरेल नेतृत्वको छानबिन समितिले दाहालमाथि पदीय आचरणविपरीत गम्भीर संवेदनशील सूचना चुहाएको पुष्टि गर्दै बिहीबार आफ्नो प्रतिवेदन बुझाएको हो।

गृह मन्त्रालय स्रोतका अनुसार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान घेरामा रहेका झापाका विवादित बिचौलिया इनम सापकोटासँग एआईजी दाहालको प्रत्यक्ष सम्पर्क र संवाद देखिएको थियो। दाहालले सापकोटाको ह्वाट्सएपमा देशका कार्यकारी प्रमुख एवम् प्रधानमन्त्री बालेन शाहको मुभमेन्ट तथा सुरक्षासँग जोडिएका अनधिकृत सूचनाहरू पठाएको छानबिनका क्रममा खुलेको छ। राष्ट्रिय सुरक्षा र कार्यकारी प्रमुखको गोपनीयतामाथि गम्भीर खेलबाड गरेको पुष्टि भएपछि मन्त्रालयले दाहाललाई सशस्त्र प्रहरी नियमावलीबमोजिम सेवाबाटै बर्खास्त गर्ने अन्तिम तयारी अघि बढाएको छ।

प्रतिकृया दिनुहोस्