×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

गृहमन्त्री बादलको राष्ट्रियसभा सदस्य पद चैट 

गृहमन्त्री बादलको राष्ट्रियसभा सदस्य पद चैट 

काठमाडाैँ । प्रधानमन्त्री के पी शर्मा ओली नेतृत्वको सरकारमा गृहमन्त्री रहेका रामबहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद चैट भएको छ । नेकपा माओवादी केन्द्रले बादलमाथि कारवाही प्रक्रिया अघि बढाई संसद सदस्य रिक्त गर्न लिखित पत्र दिए अनुसार पद चैट भएको हो ।

नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निष्काशन गरेको पत्र गत चैत २७ गते नै राष्ट्रिय सभा सचिवालयमा पठाएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार उक्त पद रिक्त हुने निर्णय गरेपछि मन्त्री थापा राष्ट्रिय सभामा पदबिहिन भएका हुन् ।

सांसद सदस्यबाट हटे लगत्तै बादल गृहमन्त्रीबाट पनि स्वतः पदमुक्त भएका छन् । २०७४ सालमा राष्ट्रियसभा गठनका क्रममा माओवादी केन्द्रको उम्मेदवारका रुपमा थापा वागमती प्रदेशबाट निर्वाचित भएका थिए । त्यसपछिमात्र नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको थियो । 

प्रतिकृया दिनुहोस्