काठमाडौँ - मौसममा सुधार आएसँगै प्रसिद्ध पर्यटकीय गन्तव्य अन्नपूर्ण बेस क्याम्प (एबीसी) जाने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ। अहिले दैनिक करिब ३०० जना विदेशी तथा सार्क (SAARC) राष्ट्रका पर्यटकहरू एबीसी पुगिरहेको स्थानीय पर्यटन व्यवसायीहरूले बताएका छन्।
भर्खरैको बाढीपहिरोका कारण देशका अन्य प्रमुख पदमार्गहरू प्रभावित भएपछि पर्यटकहरूको पहिलो रोजाइ अन्नपूर्ण बेस क्याम्प बनेको हो। पोखरादेखि घान्द्रुक हुँदै एबीसी जोड्ने सडक तथा पदमार्ग सञ्चालनमा आइसकेकाले पर्यटकका लागि यात्रा थप सहज र सुरक्षित बनेको व्यवसायीहरूको भनाइ छ। मौसम प्रस्ट भएसँगै आगामी दिनमा पर्यटकको संख्या अझै बढ्ने अनुमान गरिएको छ।