काठमाडौं- पछिल्लो दुई सातायता काठमाडौं उपत्यकामा देखिएको हैजाका बिरामी दैनिक थपिँदै गएका छन् । हालसम्म उपत्यकाका १७ जनामा हैजा पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो लगायत क्षेत्रमा गरेर १७ जना हैजाका बिरामी भेटिएका छन् ।
मन्त्रालयले धेरै ठाउँमा हैजाका बिरामी देखिन थालेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । हैजाका बिरामी बढ्दै जान थालेकाले उमालेर मात्रै पानी पिउन मन्त्रालयले अनुरोध गरेको छ।