×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

केही साना नदीहरूमा आकस्मिक बहाव बढ्न सक्ने पूर्वानुमान

केही साना नदीहरूमा आकस्मिक बहाव बढ्न सक्ने पूर्वानुमान

काठमाडौं- आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरूको बहाव सामान्य तथा सतर्कता तह भन्दा तलै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार प्रदेश १ को इलाम, झापास गण्डकी प्रदेशको स्याङ्जा, कास्की, तनहुँ, लमजुङ गोरखा र आसपास भई बहने केही स(साना नदीहरूमा बहाव बढ्ने, केहीमा आकस्मिक बहावसमेत हुन सक्ने पूर्वानुमान महाशाखाको पुर्वानुमान छ ।

यसको साथै ताप्लेजुङ, पाँचथर, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, उदयपुर, सुनसरी, मोरङ, प्रदेश २ का जिल्लाहरू लगायत मकवानपुर, धादिङ, नुवाकोट र आसपास जिल्ला भई वहने केही स(साना नदीहरूमा पनि बहाव बढ्न सक्ने पूर्वानुमान छ ।

प्रदेश नं १ तथा बाँकी प्रदेशका पहाडी भू(भागमा सामान्य बदली रहेको छ । गण्डकी, बाग्मती तथा प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित  हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस्