×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

अपराध नियन्त्रणका लागि प्रहरी चनाखो हुनुपर्छ: प्रधानमन्त्री

अपराध नियन्त्रणका लागि प्रहरी चनाखो हुनुपर्छ: प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले विज्ञान र प्रविधिको उच्च विकासका कारण विश्वभर मौलाउँदै गएको अपराधबाट नेपाल अछुतो रहन नसकेको भन्दै यस प्रकारको अपराध नियन्त्रणका लागि नेपाल प्रहरी चनाखो हुनुपर्ने बताएका छन् । बुधबार ६६ औँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले निष्पक्ष अनुसन्धान न्यायका लागि अपरिहार्य हुने हुँदा नेपाल प्रहरीले निष्पक्ष छानबिनमा सम्झौता नगर्ने विश्वास पनि व्यक्त गरे।

समारोहमा गृहमन्त्री बालकृष्ण खाँडले नागरिकको जीवन रक्षा गरी शान्ति सुरक्षा कायम गर्दै संविधान र विधिको पालन गर्ने र गराउने सरकारको अभिन्न अङ्गका रुपमा नेपाल प्रहरीले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

प्रतिकृया दिनुहोस्