×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

चर्चामा गायक खड्काको  नयाँ गीत ‘मलाई नेपाल मन पर्छ

चर्चामा  गायक खड्काको  नयाँ गीत ‘मलाई नेपाल मन पर्छ

टाेकियाे ।  परदेशी गायकका रुपमा चर्चामा आएका गायक सूर्य खड्काको  नयाँ गीत ‘मलाई नेपाल मन पर्छ (निप्पोन दाइसुकी, नेपारु दाइसुकी)’ सार्वजनिक भएको छ ।  जापानमा रहेर नेपाली लोक संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै आएका गायक  खड्काको यस गीतमा जापानी गायिका कोउतो मारियाको समेत सुमधुर स्वर रहेको छ । 

“सूर्य खड्का” युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतको शब्द तथा संगीत स्वयं खड्काकै रहेको छ भने संगीत संयोजन याम थापा मगरले गरेका हुन्। गीतले नेपाल र जापानबीचको सांस्कृतिक सम्बन्धलाई अत्यन्तै सुन्दर ढंगले प्रस्तुत गरेको छ। नेपाली र जापानी भाषाको संयोजनले दुई देशबीचको आत्मीयता, मित्रता र आपसी सम्मानलाई सशक्त रूपमा उजागर गरेको देखिन्छ। विशेषगरी प्रवासमा रहेका नेपालीहरूका लागि यो गीतले आफ्नो देशप्रतिको माया, पहिचान र संस्कृतिप्रतिको सम्मानलाई अझ गहिरो बनाउने काम गरेको छ।

गीतको सबैभन्दा भावुक र गर्विलो पक्ष भनेको जापानी गायिका कोउतो मारियाले नेपाली झण्डाप्रति सम्मान प्रकट गर्दै “गौतम बुद्ध नेपालमै जन्मिएका हुन्” र “सगरमाथा नेपालमै अवस्थित छ” भन्ने सन्देश प्रस्तुत गर्नु हो। यस्तो अभिव्यक्तिले हरेक नेपालीको मन छुने मात्र होइन, राष्ट्रिय गौरवलाई अन्तर्राष्ट्रिय मञ्चमा उचाइ दिने काम समेत गरेको छ।

भिडियोमा सितल सापकोटा, टिष्टी पौडेल, साकुरा बिवाहाशी र मोमो ताकागीको आकर्षक अभिनय देख्न सकिन्छ। छायांकन गोविन्द बिष्टले गरेका छन् भने सम्पादन नवीन घर्ती मगरले गरेका हुन्।

नेपाली र जापानी पहिरन, संस्कार तथा दृश्य संयोजनले भिडियो अझ जीवन्त र मनमोहक बनेको छ। छोटो समयमै दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाइरहेको यस गीतले नेपाली संगीतलाई विश्वसामु चिनाउने अपेक्षा गरिएको छ।

नेपाली र जापानी पहिरन, संस्कार तथा दृश्य संयोजनले भिडियो अझ जीवन्त बनेको छ। छोटो समयमै दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाइरहेको यस गीतले नेपाली संगीतलाई विश्वस्तरमा चिनाउने अपेक्षा गरिएको छ। समग्रमा, ‘मलाई नेपाल मन पर्छ’ गीतले संगीतमार्फत दुई देशबीचको दूरी घटाउँदै सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने सफल प्रयास गरेको छ।

https://youtu.be/-Y0w7efuj6A?si=d3ObdPCAKtpHhISf

 

प्रतिकृया दिनुहोस्