कर्णाली प्रदेशसभाकाे बैठक आज बुधबार बस्दैछ ।यसअघि मंगलबार प्रतिपक्षीदल एमालेले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग राखेपछि प्रदेशसभा बैठक बस्न सकेकाे थिएन।
साेमबार बसेकाे पहिलो बैठकमा प्रारम्भमै एमाले संसदीय दलका यामलाल कँडेलले फौजदारी अभियोग लागेका यक्तिलाई प्रदेश सरकारको मन्त्रीमा राखेकामा आक्रोश पाेखेका थिए। दोषी करार व्यक्ति सभामा राख्ने स्थितिको अन्त्य र सुधार नगरेसम्म बैठक चल्न नदिने भन्दै एमालेका सदस्यले बैठक अवरुद्ध गरेका थिए।
बुधबार बैठक सञ्चालनका लागि सरकार र प्रतिपक्षबीच तीन घण्टा वार्ता पनि भएकाे छ। त। दुवै पक्षबीचको निष्कर्षविहीन वार्तालाई विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले बुधबार अपराह्न २ बजेसम्मका लागि बैठक स्थगनको सूचना गरेको छ।