×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

साेलुखुम्बुबाट ओलीकाे उद्घाेष- ‘एमालेले गठबन्धन चकनाचुर पार्छ’

साेलुखुम्बुबाट ओलीकाे उद्घाेष- ‘एमालेले गठबन्धन चकनाचुर पार्छ’

साेलुखुम्बु- प्रमुख प्रतिपक्षी दल नेकपा [एमाले] का अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गतेका लागि ताेकिएकाे स्थानीय तहकाे निर्वाचन सार्ने षड्यन्त्र भइरहेकाे बताएका छन् । साेमबार पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्न साेलुखुम्बुकाे सदरमुकाम सल्लेरी आइपुगेका ओलीले यस्ताे बताएका हुन् । ‘अहिले पनि गठबन्धन बालुवाटारमा बैठक बसिरहेकाे छ । चुनाव सार्ने षड्यन्त्र गरिरहेकाे छ,’ ओलीले भनेका छन्, ‘तर एमाले याे हुन दिँदैन ।’

उनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीलाई चुनाव सार्ने काममा नलाग्न आग्रह गर्दै सूर्य चिह्नबाट चुनाव लड्न आह्वानसमेत गरे । ‘म विप्लवजीलाई भन्न चाहन्छु,’ ओलीले भनेका छन्, ‘तपाईंलाई एक इमान्दार नेताका रूपमा जनताले चिन्छन् । व्यवस्था बिथाेल्नेहरूसँग नबस्नुस्, तपाईं आउनुस् सूर्य चिह्नबाट चुनाव लड्नुस् । पार्टी तपाईंकै हुनेछ । कार्यकर्ता तपाईंकै हुनेछन् । तर, चुनाव सार्ने कामचाहिँ गर्नुस् ।’

उनले एमाले पाँचदलीय गठबन्धनलाई चकनाचुर पार्नका लागि अघि बढेकाे बताए । ‘एमाले कमजाेर छैन । एमाले गठबन्धनलाई चकनाचुर पार्नका लागि अघि बढेकाे छ । एमाले डराउँदैन, त्यसका लागि एमाले सक्षम छ,’ ओलीले भनेका छन् ।

ओलीले साेलुखुम्बुस्थित अन्य पार्टीमा रहेका नेता/कार्यकर्ताहरूलाई एमालेमा प्रवेश गर्न आग्रहसमेत गरेका छन् ।

प्रतिकृया दिनुहोस्