×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सेयर बजारमा सामान्य अंकले वृद्धि

सेयर बजारमा सामान्य अंकले वृद्धि

काठमाडौँ- साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेप्से परिसूचक १.५४ अंकले उकालो लागेर २०९६.०८ विन्दुमा आएर रोकिएको छ ।

गत साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा २२.१२ अंकले ओरालो लागेको थियो । सोहीदिन २ अर्बभन्दा बढीको सेयर कारोबार थियो ।

आइतबार नेप्से सूचकको १०८ कम्पनीमा उकालो लागेको छ  भने १०१ कम्पनीमा ओरालो लागेको छ । साथै ७ कम्पनी स्थिर रहेको छ । २५८ कम्पनीको कारोबार भएको र ५२ लाख ६ हजार ३७० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९३ लाखभन्दा बढी रुपैयाँको कारोबार भएको छ । 

नेपाल जीवन बिमा कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको करिब ६ करोड रुपैयाँको सेयर बिक्री भएको छ। एनआइसी एसिया बैंकको ५ करोड ८५ लााखभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ ।

आदर्श लघुवित्त बित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । १३ उपसूचकमध्ये ५ कम्पनीको मूल्य घटेको छ भने बाँकी उपसूचकको मूल्य उकालो लागेको छ । 

प्रतिकृया दिनुहोस्