×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

शेयर बजारमा करेक्सन, नेप्सेमा दोहोरो अङ्कको गिरावट

शेयर बजारमा करेक्सन, नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौं । नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी देश भएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय दिगो विकास समाधान नेटवर्कले सार्वजनिक गरेको सन् २०२१ का खुशी देशहरूको सूचीमा नेपाल ५ दशमलव २६ अंकसहित ८७ औं स्थानमा परेको हो ।

सन् २०१९ मा एक सयौं स्थानमा रहेको नेपाल २०२० मा ९२ औं स्थानमा थियो । यसपटक पाँच स्थान माथि उक्लिएर नेपाल दक्षिण एसियाकै खुसी देश बनेको हो । सन् २०१९ मा नेपाल भुटान र पाकिस्तानपछि तेस्रो खुसी हुने देश बनेको थियो ।

राष्ट्रसंघले कोरोनाभाइरस महामारी पछिको सामाजिक, मनोवैज्ञानिक, आर्थिक सूचकलाई आधार मानेर १ सय ४९ देशमा अध्ययन गरेको थियो । कूल ग्राहस्थ्य उत्पादन, सामाजिक सहयोग, व्यक्तिगत स्वतन्त्रता र भ्रष्टाचारको अवस्थालाई अध्ययनको सूचक मानिएको थियो ।

रिपोर्ट अनुसार फिनल्याण्ड यसपटक पनि विश्वकै सबैभन्दा खुसी देशको रूपमा पहिलो स्थानमा छ । सबैभन्दा बेखुसी देशको रूपमा सार्क सदस्य राष्ट्र अफगानिस्तान पुच्छारमा छ । छिमेकी देश भारत १ सय ४४ औं स्थानमा छ ।

नेपाल, बंगलादेश र पाकिस्तानभन्दा भारत तल छ । खुसी देशको शीर्ष सूचीमा फिनल्याण्डपछि क्रमशः डेनमार्क, स्विजरल्याड, आइसल्याण्ड, नेदरल्याण्ड, नर्वे, स्वीडेन, लक्जेम्बर्ग, न्युजिल्याण्ड र अष्ट्रिया छन् ।

प्रतिकृया दिनुहोस्