×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

नेपाल प्रेस युनियन जापान शाखा गठन

नेपाल प्रेस युनियन जापान शाखा गठन

टाेकियाे ।  जापानमा रहेका विभिन्न मिडियामा संलग्न लोकतन्त्रवादी पत्रकार,सञ्चारकर्मी तथा संचार क्षेत्रमा सक्रिय व्यक्तिहरूको सक्रियतामा नेपाल प्रेस युनियन जापान शाखा गठन भएको छ । जापानमा रहेका करिब २५ जना पत्रकारहरुको प्रारम्भिक अनलाईन बैठक मार्फत संस्थापक तदर्थ समिति गठन भएको र उक्त समितिलाई फाल्गुन ८ गते बसेको केन्द्रिय समितिको बैठकले स्विकृत प्रदान गरेकोले आधिकारिक रुपमा नेपाल प्रेस युनियनको जापान शाखा गठन भएको हो ।

राजविन थापा 'रामु' को संयोजकत्वमा गठित उक्त समितिमा बिश्वबन्धु भण्डारी सदस्य सचिव र अन्य सदस्यहरुमा क्रमश: गणेश शर्मा पौडेल,राजेन्द्र भट्ट, विश्वास आचार्य,शिक्षा पन्त र विकास बिश्वकर्मा रहेको सात सदस्यिय तदर्थ समिति गठन भएको छ । गठित तदर्थ समिति ले केन्द्रीय समितिसँग आवश्यक समन्वय गर्दै संगठन विस्तार, सदस्यता विवरण संकलन तथा आगामी भेला / अधिवेशनको तयारी गर्ने जिम्मेवारी पाएको संयोजक थापाले जानकारी दिएका छन् । 

प्रतिकृया दिनुहोस्