×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

संसद् विघटनविरुद्धको मुद्दा : अर्को सुनुवाइ कहिले हुन्छ ?

संसद् विघटनविरुद्धको मुद्दा : अर्को सुनुवाइ कहिले हुन्छ ?

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको मुद्दामा रिट निवेदक पक्षको बहस आइतबार सकिएको छ । 

यससँगै विपक्षीको तर्फबाट हुने अर्को सुनुवाइ सोमबारबाट निरन्तर रूपमा हुने सर्वोच्च अदालतले बताएको छ ।

हालसम्म चार दिन चलेको बहसमा निवेदकको तर्फबाट ३६ जना वकिलहरूले बहस गरेका छन् । उनीहरूलाई छुट्याइएको १५ घण्टा समय मध्य १२ घण्टा सकिएको छ भने ३ घण्टा जवाफी बहसका लागि छुट्याइएको छ ।

त्यस्तै सरकारी पक्ष (विपक्षी) बाटलाई पनि १५ घण्टाको समय छुट्याइएको छ भने । एमिकस क्युरीको लागि २ घण्टा समय छुट्याइएको छ ।

संवैधानिक इजलासबाट भइरहेको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु पककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासमा भइरहेको छ।

प्रतिकृया दिनुहोस्