×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राजेन्द्र महतोको अभिव्यक्ति राष्ट्रघाती : झलनाथ खनाल

राजेन्द्र महतोको अभिव्यक्ति राष्ट्रघाती : झलनाथ खनाल

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले राजेन्द्र महतोको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् ।

नेता खनालले सामाजिक सञ्जालमा काम चलाउ सरकारका उपप्रधानमन्त्री तथा शहरी बिकास मन्त्री राजेन्द्र महतोले सपथ लिएको केही घण्टा पनि बित्न नपाउँदै नेपाललाई ‘बहुल राष्ट्रिय राज्यको स्पथानाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति आश्चर्यजनक रहेको बताएका छन् ।ुत्यो अभिव्यक्ति सुन्दा मलाई आश्चर्यचकित पारेको छ। यो अभिव्यक्ति सोझै राष्ट्रघाती अभिव्यक्ति हो । जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको गैर जिम्मेवार अराजक, विखण्डनकारी र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण र खेदपूर्ण छु, उनले लेखेका छन् ।

 


 

प्रतिकृया दिनुहोस्