×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अस्मिता अधिकारी र शिवसागर खड्काको सुमधुर स्वरमा च्वाँके बालेर बोलको गीत सार्वजनिक

अस्मिता अधिकारी र  शिवसागर खड्काको सुमधुर स्वरमा च्वाँके बालेर बोलको गीत सार्वजनिक

पछिल्लो समयमा नेपाली संगीत क्षेत्र निकै फराकिलो बन्दै गएको त हामी सबैलाई अवगत नै छ । एकातिर भिउज र भाइरल हुनको लागी समाजमा नपच्ने अपाच्य दृश्यहरू समेटिने गर्छन्। यस्तै गीतहरूले बजार तताइरहेको बेलामा एक प्रेमिल जोडीको प्रेम झल्किएको सुमधुर गीत च्वाँके बालेर सार्वजनिक भएको छ । सोही गीतलाई बजारमा समीप इन्टरटेन्मेन्ट युट्युबद्वारा सार्वजनिक गरिएको छ ।

सुमधुर स्वरकी धनी अस्मिता अधिकारी र शिवसागर खड्काको आवाजमा रहेको उक्त गीतमा शब्द संगीत अहिलेका व्यस्त संगीतकार बाबुल गिरीको रहेको छ । सिक्लेश गाउँमा छायांकन गरिएको उक्त गितको भिडियोमा बिबेक कार्की र अम्बिका तामाङलाई मुख्य भूमिकामा देख्न सकिन्छ ।

माया प्रेमले सजिएको गितको भिडियोमा क्यामेरामा बिशाल थापा,सम्पादनमा नकुल खड्का,ड्रोनमा राकेश गुरुङ प्रोड्क्सनमा बिक्रम तामाङ ,मेक अपमा शिर्स्टी थापा सहायक निर्देशकमा सुनिल बुडाथोकीको रहेको छ । गाउघरको चालचलन र परिभेषको कथा रहेको हुनाले स्वर्गको टुक्रा सिक्लेसमा आएर भिडियो बनाइएको यस भिडियोका निर्देशक दिलिप समनले जानकारी दिएका छन् ।

 

https://youtu.be/JOxVE6LJWOU?si=5F3J0S6a32REIW_Q

प्रतिकृया दिनुहोस्