×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

‘प्रेमगीत ३’ फागुन १३ मा रिलिज हुने

‘प्रेमगीत ३’ फागुन १३ मा रिलिज हुने

काठमाडौं- कोरोनाको कहर विस्तारै कमजोर हुँदै गएपछि नेपाली चलचित्रका मेकरहरु प्रदर्शन मिति तय गर्न उत्साहित देखिएका छन् । दुई वर्षअघि चैत २८ लाई प्रदर्शन मिति तय गरेर रिलिज हुन नपाएको चलचित्र ‘प्रेमगीत ३’ले पनि नयाँ प्रदर्शन मिति तय गरेको छ । यो चलचित्र फागुन १३ गतेबाट देशभर रिलिज हुने निर्माता सन्तोष सेनले जानकारी दिएका छन् । 

उनले दर्शकका लागि एउटा चुनौती बोकेर चलचित्र रिलिज गर्न लागेको बताए । यो चलचित्रमा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रलाई स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गरेका हुन् । शिवरात्रीको अवसर पारेर रिलिज हुन लागेको ‘प्रेमगीत ३’ बक्स अफिसमा उत्साहजनक व्यापार गर्ने विश्वास गरिएको छ । ‘प्रेमगीत’का अघिल्ला दुई सिरिजलाई दर्शकले निक्कै रुचाएका थिए ।

प्रतिकृया दिनुहोस्