काठमाडौँ- नेपालमा पहिलो पटक मोडर्ना खोप आएको छ । बालबालिकालाई समेत लगाउने मिल्ने मोडर्ना खोप एक लाख ८८ हजार मात्रा आएको हो । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले खोप आएको जानकारी दिँदै उक्त खोप कस्ता व्यक्ति तथा वर्गलाई लगाउने भन्ने विषयमा निर्णय हुन नसकेको बताए । मोडर्ना अमेरिकी खोप हो । यो कोभ्याक्स सुविधाअन्तर्गत आएको हो ।