×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पोखरामा गाडीको ठक्करबाट १ जनाको मृत्यु

पोखरामा गाडीको ठक्करबाट १  जनाको मृत्यु

 काठमाडौँ - पोखरामा हाइलक्स गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा एक स्कुटर चालक गम्भीर घाइते भएका छन् । अंग्रेजी नयाँ बर्षको अवसरमा आयोजना गरिएको सडक महोत्सवमा रक्सीले मातेर लेखनाथका २९ वर्षीय चालक सुवास विकले चलाएको ग २ च १११८ नम्बरको हाइलक्सले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।
लेकसाइस्थित बगैंचा मार्गमा हिँडिरहेका पैदल यात्रीलाई रक्सीले मातेर विकले चलाएको हाइलक्सले ठक्कर दिँदा स्याङजा फेदीखोलाका ४० वर्षीय सुनिल गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवम् प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । 
सडक महोत्सवमा रक्सी सेवन गरेर राती सवा १ बजे फर्कने क्रममा विकले चलाएको गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा मेट्रो सिटी अस्पतालमा मृत्यु भएको डिएसपी तिवारीले बताए ।
एनका अनुसार चालक सुवासले मादक पदार्थ सेवन गरी अनियन्त्रित रुपमा गाडी चलाउँदा आधादर्जन भन्दा बढी पाकिङ गरेका कार, स्कुटरमा सवार यात्रु र पैदल यात्रीलाई ठक्कर दिएको थियो ।  दुर्घटनामा स्कुटर चालक पोखरा काहुँखोलाकी सरिना बराल गम्भीर घाइते भएकी छन् । उनको खुट्टा भाँचिएको अवस्थामा अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिकृया दिनुहोस्